images
images
images

म्याग्दीमा जीप खस्दा एक जनाको मृत्यु, ४ घाइते

images

पूर्वाधार वाच, पोखरा ।

म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा परी थप चार जना गम्भिर रूपमा घाइते हुन पुगेका छन्।

मालिका गाउँपालिका–४,महभिर सुङ्रेपानीमा बुधवार बिहान ग १ ज ५६१२ नम्बर बोलेरो जिप दुर्घटना हुँदा सोही वडाको च्युरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठका अनुसार सुङ्रेपानीबाट च्युरीबोटतर्फ जाँदै गर्दा बिहान करिब साढे ६ बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुन पुगेको थियो । उनका अनुसार सो जीप ६० मिटर तल खसेको थियो ।

सो दुर्घटनामा परी चालक शेरबहादुर बिक्र, नगेन्द्र गोतामे, भीमप्रसाद गोतामे घाइते र यमिन्द्र रसाइली घाइते भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्