पूर्वाधार वाच, काठमाडौं ।
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । यस लघुवित्तको बिहीबार (चैत ७ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
संस्थाले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंक र स्वाभिमानको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट भने कुनै पनि लाभांश वितरण गरेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्