images
images
images

विपद् जोखिम प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबीच एक सम्झौता भएको छ। जाजरकोट भूकम्पबाट क्षतिग्रस्त थप निजी आवासको विस्तृत क्षति आँकलनका लागि प्राधिकरण र विश्वविद्यालयबीच आइतबार सम्झौतामा हस्ताक्षर भएको हो।

प्राधिकरणका तर्फबाट कार्यकारी प्रमुख ई. दिनेश भट्ट र विश्वविद्यालयको ग्राजुएट स्कुल अफ इञ्जिनियरिङका डिन सहप्राध्यापक डा. राजन सुवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित विश्वविद्यालयले २८ हजार ३५७ परिवारको निजी घरको क्षति आँकलनका लागि ८५ जना प्राविधिक उक्त भूकम्पबाट प्रभावित जिल्लाका क्षति आँकलन हुन बाँकी स्थानीय तहहरुमा खटाउनेछ।

यसअघि, विस्तृत क्षति आँकलनका लागि प्राधिकरण र पुल्चोक इञ्जिनियरिङ क्याम्पस बीच पनि सम्झौता भई विस्तृत क्षति आँकलन थियो। चैत्र ३० गते साँझसम्मको प्राधिकरणको प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार जाजरकोट भूकम्पबाट प्रभावित ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आँकलन भइसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्