images
images
images

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

images

पूर्वाधार वाच, काठमाडौं ।

लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार टोटेनहम हटस्परलाई ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि जितेको हो ।
दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो ।

टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई‌ जोगाउन टोली असफल रह्यो ।


घरेलु टोलीका लागि लुइस डियाजले १६ औं‌ मिनेटमा बराबरी गोल फर्काए । त्यसको ८ मिनेटपछि एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो ।

३४ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३–१ को अग्रता कायम गर्यो । ६३ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको लागि चौथो गोल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्