images
images
images

‘विमानस्थल व्यवस्थित भएन, पसलहरुको एकाधिकार भयो’

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा एमालेका सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रुहरुलाई अनावश्यक दुःख दिने गरेको बताएका छन् ।

आइतबार जारी प्रतिनिधि सभाको बैठकका बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा यात्रीहरुलाई अपराधीको रुपमा व्यवहार गरिने गरेको भन्दै सुधारको लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुधारको गर्नको लागि ध्यानाकर्षण गराउन चाहन्छु । अध्यागमन प्रविधिमैत्री पनि छैन् । आधुनिक पनि छैन् । यात्रुहरुलाई अपराधीहरुको रुपमा व्यवहार गरिन्छ । यात्रीहरुले एक घण्टासम्म लगेज प्राप्त गर्न सक्नुहुन्न । भन्सारमा यात्रीहरुलाई अनावश्यक दुःख दिइन्छ । विशिष्ट कक्ष भनिए पनि कालो चियाको व्यवस्था छैन ।’

उनले विमान स्थलमा सञ्चालन गरिएका पसलहरु अपारदर्शी भएको भन्दै एकाधिकार कायम गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्