images
images
images

हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’

images

पूर्वाधार वाच, काठमाडौं ।

हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन् ।

“अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाडौं आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन् । काठमाडौंबाट पश्चिमतर्फ उडेका विमान काठमाडौं नै डाइभर्ट भएका छन”, प्रवक्ता शेर्पाले भने ।

उनका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत स्थानबाट उडेका विमान डाइभर्ट भएका हुन् ।

श्री एयरलाइन्सको विराटनगरबाट काठमाडौं उडेको विमान विराटनगरै फर्किएको छ । यती एयरलाइन्सको विराटनगर–काठमाडौं उडानका दुई विमान डाइभर्ट भएका छन् ।

भद्रपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ । बुद्ध एयरको काठमाडौंबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाडौं नै फर्किएको छ ।

त्यसैगरी काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौं नै फर्किएको छ ।

श्री एयरलाइन्सकै काठमाडौं भैरहवा उडानको विमान पनि काठमाडौं फर्किएको छ । सोही एयरलाइन्सको काठमाडौंबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाडौं फर्किएका छन् ।

बुद्ध एयरको काठमाडौं–नेपालगञ्ज उडानको विमान पनि काठमाडौं फर्किएको छ । काठमाडौंमा आज अपरान्हदेखि मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्