पूर्वाधार वाच, काठमाडौं ।
नेपाली वास्तुविद् तथा योजनाकार एवं नेपाल वास्तुविद् समाज (सोना)का अध्यक्ष ईश्वरलाल जोशीलाई सिंगापुरमा आयोजित ‘द इन्टरनेशनल अवार्ड्स समिट २०२५’मा ‘इन्टरनेशनल आइकनिक स्टार अवार्ड’ प्रदान गरिएको छ। उक्त सम्मान उहाँले आफ्नो पेशागत क्षेत्रमा पुर्याएको उत्कृष्ट सेवा, उपलब्धि तथा योगदानको कदर स्वरूप दिइएको आयोजकले जनाएको छ ।
सिंगापुरस्थित सम्पन्न उक्त प्रतिष्ठित अवार्ड समारोह ‘द इन्टरनेशनल अवार्ड्स फोरम (टीआइएएफ)को आयोजना तथा अमेरिका र भारतको सहकार्यमा सम्पन्न भएको हो।
जोशीलाई यो अवार्ड दिइँदा आयोजकले उहाँको दीर्घकालीन समर्पण, सिर्जनात्मक दृष्टिकोण, र वास्तुकला तथा योजना क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरेका थिए। जोशी नेपाली पूर्वाधार विकासको क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्व हुनुहुन्छ, जसले देशभित्रका थुप्रै महत्त्वपूर्ण परियोजनामा सृजनात्मक भूमिका निर्वाह गरिसक्नु भएको छ ।
अवार्ड समारोहमा अमेरिका, भारत, सिंगापुर लगायतका विभिन्न देशका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका विभिन्न क्षेत्रका विशिष्ट योगदानकर्ता व्यक्तिहरूलाई समेत सम्मानित गरिएको थियो।
जोशीको यो उपलब्धिलाई नेपाली वास्तुकला तथा पूर्वाधार क्षेत्रका लागि एउटा प्रेरणादायी क्षणको रूपमा हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्