पूर्वाधार वाच, काठमाडौं ।
नेप्से परिसूचक आज सामान्य बढेको छ । आज नेप्से २.७७ अंकले बढेर २६९५.८४ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका दुई करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेड र पियोर इनर्जी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै न्यादी हाइड्रोको शेयर मुल्य ८.७२ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्य ६.२४ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार एनगिड़ी ग्रुप पावरको शेयर ८७ करोड ४७ लाख ३८ हजारको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्