images
images
images

नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण

images

फाइल तस्बिर

पूर्वाधार वाच, अछाम ।

विपद् तथा आपतकालीन अवस्थामा तत्काल उद्धार एवम् राहत सामग्री ढुवानी गर्न यहाँस्थित बान्निगढि बर्दादेवीको डाँडामा हेलिप्याड निर्माण गरिएको छ ।

नेपाली सेना, गोरख बक्स गणले हेलिप्याड निर्माण गरेर बान्निगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गणपति सङ्गम अधिकारीले बान्निगढी जयगढ गाउँपालिकाको आर्थिक सहयोगमा हेलिप्याड निर्माण गरेर हस्तान्तरण गरिएको जानकारी दिए ।

उनले भने, “यसबाट नागरिक र सैनिकबीचको सम्बन्धलाई कसिलो बनाउन सहयोग मिल्छ । ” नवनिर्मित हेलिप्याड बान्निगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण समेत गरिएको छ ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले हेलिप्याड निर्माणबाट जिल्लाको पर्यटकीय एवं धार्मिक क्षेत्र बर्दादेवी मन्दिरको प्रचारप्रसारका लागि टेवा समेत पुग्ने बताए ।

उनका अनुसार गाउँपालिकाको रु एक लाख ५० हजार सहयोग र सैनिकले श्रमदान गरी हेलिप्याड निर्माण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्