images
images
images

अनलाइनमा प्रकाशित समाचार हटाउनुपर्ने अदालतको आदेशप्रति पत्रकार महासंघको आपत्ति

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंको आदेश प्रति आपत्ति जनाएको छ । नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारलाई हटाउन सो अदालतले दिएको आदेश प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत भएकोसमेत जनाएको छ ।

अदालतले समाचार हटाउन दिएको अल्पकालीन अन्तरिम आदेशप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले गत मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दर्ता गरेको रिट निवेदन उपर सुनुवाइ गर्दै दिएको आदेशमा महासंघले संविधानविपरीत भएकोसमेत उल्लेख गर्दै महासंघले सञ्चारमाध्यममा प्रकाशित–प्रसारित समाचारका विषयमा चित्त नबुझेमा पीडितको उजुरी लिने र त्यसविरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भएको उल्लेख गर्दै अदालतले क्षेत्राधिकारलाई नजरअन्दाज गर्दै आदेश गरेको महासंघको आरोप छ।

महासंघले अदालतलाई उक्त आदेशबारे पुनर्विचार गर्न आग्रह पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्