images
images
images

एअर इण्डियाको विमान दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु

images

पूर्वाधार वाच, काठमाडौं ।

भारतको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परी २०४ जनाको मृत्यु भएको छ। विमानमा सवार २४२ जनामध्ये हालसम्म २०४ जनाको मृत्यु पुष्टि भएको अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले जानकारी दिए ।

मलिकका अनुसार ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी रहेको छ । २४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो।

विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्