पूर्वाधार वाच, काठमाडौं ।
रफाएल लडाकु विमान बनाउने फ्रान्सेली कम्पनी डसल्ट एभिएसनले रिलायन्स समूहसँग मिलेर भारतम फाल्कन २००० एलएक्सएस बिजनेश एक्जिक्यूटिभ जेट बनाउने भएको छ ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार डसल्ट एभिएसन र रिलायन्स एरोस्ट्रक्चर लिमिटेड आरएएल ले बुधबार पेरिस एयर शोमा यससँग सम्बन्धित सम्झौताको घोषणा गरेका हुन् । रिलायन्स एयरोस्ट्रक्चर लिमिटेड अनिल अम्बानीको स्वामित्व रहेको कम्पनी हो ।
यी दुई कम्पनीको संयुक्त उद्यम, दशां रिलायन्स एयरोस्पेस लिमिटेड (डीआरएएल) सन् २०१७ मा स्थापना गरिएको थियो । जसअन्तर्ग महाराष्ट्रको नागगुरमा एक अत्याधुनिक विनिर्माण केन्द्र समेत बनाइएको छ, जहाँ फाल्कन २००० विमानको अलग अलग हिस्सा निर्माण गर्ने काम भइरहेको छ ।
यद्यपि अब पहिलो पटक पूरा फाल्कन २००० विमान फ्रान्सभन्दा बाहिर बनाइने छ । यो विमान विश्व बजारको लागि बनाइने छ । भारतमा निर्मित पहिलो फाल्क २००० विमानले सन् २०२८ सम्म उडान भर्ने अपेक्षा गरिएको छ ।
डसल्ट एभिसिएनका अध्यक्ष एवं सिइओ एरिक ट्रेपियरले यो कदम भारत सरकारको मेक इन इन्डियासँग जोडिएको प्रतिबद्धता पूरा गर्ने दृढ प्रतिज्ञा झल्किएको बताउँछन् । यस्तै विश्व एयरोस्पेस आपूर्ति श्रृंखलामा समेत एक प्रमुख हिस्सेदारको रुपमा भारतको पहचानलाई बढावा दिने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्