पूर्वाधार वाच, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भएको बताएका छन् । शुक्रबार ग्वार्को ओभरपासको उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले उक्त तेल खानी उत्खननको सुरुवात आफूले नै गरेको समेत दाबी गरेका थिए ।
उनले भनो, ‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खननको सुरुवात पनि मैले नै गरेको थिएँ ।
निराशा र असन्तुष्टि व्यक्त गर्नु नहुने भन्दै प्रधानमन्त्रीले आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्