images
images
images

सवारी जाम व्यवस्थापनमा कति प्रभावकारी होला ‘ग्वार्को ओभपास’ ?

images

पूर्वाधार वाच, काठमाडौं ।

ललितपुरको ग्वार्कोस्थित ओभरपास अन्ततः सम्पन्न भएर उद्घाटन भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले ओभरपासको उद्घाटन गरे।

१७ करोड ६ लाख रुपैयाँको लागतमा ३९ महिना लगाएर ओभरपास निर्माण गरिएको हो । ओभरपास ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३२० मिटर र ग्वार्को चोकबाट सातदोबाटोतर्फ १८५ मिटर रहेको छ ।

यसले काठमाडौंको यातायात व्यवस्थापनमा केही सुधार ल्याउने अपेक्षा गरिएको छ । यद्यपि यसको वास्तविक प्रभाव भने अब सञ्चालन भएपछि थाहा हुनेछ । यसले उपत्यकाको ट्राफिक जाम व्यवस्थापनमा खासै ठूलो मात्रामा योगदान गर्नेमा भने पूर्वाधारविद्हरु नै विश्वस्त छैनन् ।

‘ग्वार्को ओभरपासले अब चक्रपथ–कलंकी–कोटेश्वर जाम हुन्न भन्ने सन्देश सडक प्रयोगकर्तामा जानुहुन्न किनभने सञ्जालको क्षमता बढेको छैन ।’, पूर्वाधारविद् आशिष गजुरेलको तर्क छ ।

उसो त कलंकीमा अन्डरपास निर्माण भएपछि सवारी आवतजावतमा केही सहजता आएको अनुभव गरिएको छ । यद्यपि पहिलो ओभरपास भएका कारण ग्वार्कोमा यसले कस्तो भूमिका खेल्छ त्यसबारे बुझ्न अब धेरै समय पर्खिनुपर्ने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्