पूर्वाधार वाच, काठमाडौं ।
कुशल युवा गीतकार कुमार बोम्जनको शब्दमा रचित नयाँ गीत ‘सिर सिर हावा’को म्युजिक भिडियो २०८२ जेठ ३० गते शुक्रबार सार्वजनिक भएको छ। गायक राजु लामा (मंगोलियन हार्ट) र मेलिना राईको आवाजमा सजिएको यस गीतमा प्रेमको गहिरो अनुभूति, आत्मीयता र समर्पण अभिव्यक्त गरिएको छ।
गीतमा संगीत शुभ तामाङको रहेको छ, जसले गीतलाई अझ सुमधुर र भावनात्मक बनाएको छ। भिडियोलाई कुमार बोम्जनको आफ्नै युट्युब च्यानल प्गmबचदmशल बाट सार्वजनिक गरिएको हो।
प्रेमको कथा, भावनाको प्रस्तुति
गीतका हरफहरूमा सच्चा प्रेम, समर्पण र भावनाको गहिरो अभिव्यक्ति छ।
‘यत्ति प्यारो साथ छ त्यो ज्यानको
तिमी नै हौ मायालु यो मनको,
जबसम्म ढुकढुकी रहिरहन्छ
तिम्रै लागी हर व्यथा सहिरहन्छ‘
यी पंक्तिहरूमा गीतकारले जीवनसाथीप्रतिको निष्ठा र आत्मसमर्पणलाई कलात्मक रुपमा प्रस्तुत गरेका छन्। विशेष गरी “जबसम्म ढुकढुकी रहिरहन्छ।।।” भन्ने पंक्तिले प्रेमको अमरताको अनुभूति गराउँछ।
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्