पूर्वाधार वाच, काठमाडौं ।
विश्व बैंकको दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्षमा जोहान्स जट्ट नियुक्त भएक छन् । उनको नियुक्ति सन् २०२५ जुलाई १ देखि लागु हुनेछ भने उनले तत्कालीन मार्टिन राइजरको स्थान लिनेछन् । दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्षको रूपमा, जट्टले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँग विश्व बैंकको सम्बन्ध व्यवस्थापन गर्नेछन्।
यी क्षेत्रमा सञ्चालनमा रहेका ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहयोग तथा वित्तीय स्रोतहरूको पोर्टफोलियोको निगरानी गर्नेछन्।
जट्टको नेतृत्वमा विश्व बैंकले दक्षिण एसिया क्षेत्रमा रोजगारी सिर्जना, जलवायु तथा विपद् प्रतिरोधात्मकता, मानव पुँजी विकास तथा निजी लगानी परिचालनजस्ता विषयहरूमा सहयोग जारी राख्नेछ। डच नागरिक जट्ट सन् १९९९ मा विश्व बैंकमा प्रवेश गरेका थिए र त्यसयता उनले विभिन्न पदहरूमा काम गरेका छन्।
हालसालै उनी ब्राजिलका लागि विश्व बैंकका देशीय निर्देशक थिए। यसअघि उनी सञ्चालन नीति तथा देश सेवा उपाध्यक्ष कार्यालयअन्तर्गत रणनीति, नतिजा, जोखिम तथा अध्ययन विभागका निर्देशक थिए।
उनले बंगलादेश, भुटान र नेपालका साथै टर्की, कोमोरोस, इरिट्रिया, केन्या, रूवाण्डा, सेशेल्स र सोमालियाका लागि पनि देश निर्देशकको रूपमा काम गरेका थिए। जट्टले टोरन्टो विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातक र स्नातकोत्तर डिग्री, हार्वार्ड विश्वविद्यालयबाट कानुन डिग्री र अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्