पूर्वाधार वाच, काठमाडौं ।
गैरआवासीय नेपाल संघ (एनआरएनए) पोर्चुगलको अध्यक्षमा जय केसी सुजनले उम्मेदवारी घोषणा गरेका छन् । उनले एनआरएनए पोर्चुगलको (२०२५–२०२७) कार्यकालको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
पछिल्ला केही वर्षदेखि उनी पोर्चुगलस्थित समुदायमा समर्पित भई आफूले सक्दो समय, क्षमता र सीप अनुसार सामाजिक कार्यहरूमा संलग्न रहँदै बताउँछन् ।
अध्यक्षका उम्मेदवार केसी विभिन्न सामाजिक कार्य एवं संघसंस्थाहरूमा आबद्ध भई वा वा स्वतन्त्र रूपमा पनि समुदायको सेवामा निरन्तर लागिरहने व्यक्तिका रूपमा परिचित छन् ।
पोर्चुगलस्थित नेपाली समुदायको समर्थनले आफूलाई सामाजिक परिवर्तनका लागि क्रियाशील रहन अझ बढी उत्साहित बनाएको उनी बताउँछन् ।
अध्यक्षका उम्मेदवार केसी भन्छन्, ‘आजसम्मको समुदाय विकासका अनुभव, सिकाइ र जनसेवामा समर्पित यात्रालाई आधार मानी, अब म आप्रवासी नेपालीहरूको हकहित र गैरआवासीय नेपाली संघ एनआरएनए पोर्चुगल सामूहिक, समावेशी र एकतामूलक विकास अभियानमा सक्रिय रूपमा समर्पित हुने निर्णय गरेको छु ।’
अध्यक्षका उम्मेदवार केसीले एनआएरएनको सदस्यता लिएर निर्वाचनमा सक्रिय सहभागी भई आफूले अमूल्य समर्थन पाउने उनको विश्वास छ ।
अध्यक्ष उम्मेदवार केसीका एजेण्डा के के छन् ?
अनुभव, इमानदारी र नेपाली समुदायप्रतिको समर्पण
आगामी गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको निर्वाचनमा म, जय बहादुर केसी (सुजन), अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दछु। मलाई किन अध्यक्ष बनाउने भन्ने प्रश्नको उत्तर तपाईंहरुकै बीचबाट आएको मेरो जीवन र अनुभवमा छ।
म किन ?
✅ अनुभव – म विगत लामो समयदेखि ल्च्ल्ब् पोर्चुगलमा क्रियाशील छु। संस्थाको संरचना, उद्देश्य र समस्या समाधान गर्ने प्रक्रियासम्मको गहिरो ज्ञान राख्छु।
✅ सत्य निष्ठा र स्वाभाविक नेतृत्व – म कुनै व्यवसायी वा ठूला पुँजीपतिहरूको प्रतिनिधि होइन। म श्रमिक वर्गबाट आएका एक साधारण नेपाली हुँ, जसको आत्मा नेपाली समुदायको सेवामा अडिग छ।
✅ समस्यामाथि प्रत्यक्ष हस्तक्षेप – यहाँका नेपालीहरूको भोगाइ, दुःख र समस्यासँग म प्रत्यक्ष जोडिएको छु। चाहे आवास समस्या होस्, कानुनी सल्लाह, रोजगार वा आपत्कालीन सहयोग – सधैं तपाईंको साथमा उभिएको छु।
✅ समाजलाई सकारात्मक दिशामा लैजाने अठोट – एनआरएनए कुनै ठूला व्यक्तिहरूको संस्था होइन; यो सम्पूर्ण नेपालीहरूको साझा थलो हो। म यस संस्थालाई सबै श्रमिक र आम नेपालीका लागि अझ पहुँचयोग्य बनाउने छु।
मेरो कार्य योजना (Action Plan)
१. सडकमा बस्न बाध्य नेपालीको उचित व्यवस्थापन
– तत्काल अस्थायी आश्रयको व्यवस्था,
– स्थानीय संघरसंस्थासँग सहकार्य गरेर दिगो आवास योजना,
– आवास सहायता कोष स्थापनाको पहल।
२. कानुनी परामर्श र आपत्कालीन सहायता केन्द्र स्थापना
आप्रवासी नेपालीका लागि निःशुल्क कानुनी सल्लाह,
आवश्यक परेमा वकिल वा अनुवादकको व्यवस्थापन।
३. श्रमिक अधिकार संरक्षण
– श्रमिकहरूलाई शोषणबाट जोगाउन रोजगारदाता र सरकारी निकायसँग सहकार्य,
– श्रम सम्बन्धी तालिम र सचेतना अभियान।
४. शिक्षा र सीप विकास
– नेपाली समुदायका युवाहरूका लागि भाषा कक्षा, सीप तालिम,
– छात्रवृत्ति तथा सपोर्ट प्रोग्राम।
५. समुदाय एकता र सहभागिता
– सबै समुदायलाई समेट्ने समावेशी नेतृत्व,
– महिलाहरू, युवाहरू र वरिष्ठ नागरिकहरूको सहभागिता बढाउने कार्यक्रम।
अन्त्यमा – तपाईंको साथ अपरिहार्य छ
म तपाईंहरू सबैको आशा, भरोसा र विश्वास बोकेर अगाडि बढ्न चाहन्छु। म कुनै लोभ, स्वार्थ वा पदका लागि होइन, तपाईंहरूको सेवा गर्न अध्यक्षको भूमिका खोज्दै छु।
‘समानता, सेवा र समर्पण – सुजनको वाचा’
‘जय नेपाली, श्रमिक नेपाली !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्