images
images
images

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

images

पूर्वाधार वाच, काठमाडौं ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ११ निर्माण व्यवसायीरआपूर्तिकर्तालाई ७ दिने लिखित स्पष्टीकरण सोधेको छ ।

कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्