पूर्वाधार वाच, काठमाडौं ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि आफ्नो हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४।७८ प्रतिशत बराबरको हकप्रद सेयर ल्याउन लागेको हो ।
यस हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ । त्यसअनुसार जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा कारोबार भई नाम कायम भएका शेयर धनीहरूले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
नेपाल इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३।४७८३ कित्ता शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ लाख ७६ हजार ९६७।७६ कित्ता शेयर , अर्थात् ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्