पूर्वाधार वाच, काठमाडौं ।
सोलुखुम्बुको सल्लेरीमा ‘सोलुखुम्बु स्केट पार्क’ सञ्चालनमा आएको छ । युवा तथा समाजसेवी नाम्गेल शेर्पा र सुजता तामाङको संयुक्त पहलमा ‘स्केट पार्क’ सञ्चालनमा ल्याइएको हो ।
नाम्गेल शेर्पाका अनुसार स्केट पार्कमा रु ६५ लाख लगानी भएको छ । ‘बालबालिका तथा युवालाई खेलकुदमा जोड्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याइएको हो’, उनले भने, ‘पार्कमा अहिले युवा तथा बालबालिकाको आकर्षण बढ्दो छ ।’
असार पहिलो साताबाट सञ्चालनमा आएको पार्कमार्फत यहाँको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास लिइएको स्थानीय साङ्गे शेर्पाले बताए ।
‘कोरोना महामारीपछि लगानीको वातावरण नबनेको अवस्थामा ठूलो लगानीमा सोलुखुम्बुमा पार्क निर्माण हुनुले यहाँको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास छ, यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ’, उनले भने ।
पार्क सञ्चालनमा आएपछि मोबाइलमा ‘गेम’ खेल्ने बालबालिकाहरु पार्कमा आउन थालेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्