पूर्वाधार वाच, काठमाडौं ।
चीनबाट एकाएक आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ९ जनाको मृत्यु भएको छ । बाढीले बगाएका उनीहरुको शव विभिन्न स्थानमा फेला परेको छ ।
मंगलबार बिहानको समयमा आएको बाढीले बगाएर ९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै अन्य १९ जना अझै बेपत्ता छन् ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा २ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र १६ जना सर्वसाधारण छन् । यस्तै घटनामा फसेका ५७ जनाको उद्धार भएको छ ।
यस्तै प्रहरीले बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको जनाएको छ भने लोड गरिएको २४ वटा कन्टेनर डब्बा बगाएको छ । यस्तै ६ वटा सिनो ट्रक, ३५ वटा ईभी गाडी पनि बगाएको छ ।
यसैगरी भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको छ भने रसुवागढी हााइड्रोपावरको ड्याममा पनि बाढीले क्षति गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्