पूर्वाधार वाच, काठमाडौं।
काठमाडौं महानगरपालिकाका तत्कालीन तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार २५ हजार धरौटीमा रिहा भएका छन् ।
महानगरको ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएका परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश विशेष अदालतले गरेको छ ।
यस्तै महानगरका तत्कालीन निर्देशक वसन्त आचार्य र नमराज ढकाललाई विशेष अदालतले ५०/५० हजार रुपैयाँ धरौटीमा मागेको छ ।
बुधबार बिहान परियार, आचार्य र ढकाल अदालतमा उपस्थित भएका थिए । उपस्थित भएपछि आजै न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनीहरुको बयान र थुनछेक बहस भएको हो ।
थुनछेक बहसपछि तीनै जनालाई धरौटीमा छाड्न आदेश भएको अदालतका उपरजिष्ट्रा कृष्णशरण लामिछानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्