images
images
images

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं।

बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको वि.सं. २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा रु तीन लाख ५० हजार जरिवाना, तीन दिन कैद र क्षतिपूर्तीवापत रु १६ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भएपछि गुरूङ फरार रहेकी थिइन् ।

निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ सुकेधाराबाट शुक्रबार पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्