images
images
images

खुल्यो स्याफ्रुवेँसी–रसुवागढी सडक

images

पूर्वाधार वाच, काठमाडौं ।

बाढीले क्षतिग्रस्त स्याफ्रुवेँसी –रसुवागढी सडक खुलेको छ । १३ दिनपछि ट्र्याक खोल्न सफल भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी रसुवागढी सडक योजनाका सब इन्जिनियर तथा प्राविधिक रूपनारायण पौडेलले जानकारी दिए ।

‘११ औँ दिनको कडा मेहनतपछि बाटो खुल्यो । बाटो साँघुरो छ । सबै प्रकारका सवारी एकतर्फी सञ्चालन गर्न सकिने भएको छ ,’ उनले भने ।

बाढीले क्षति गरेको दोस्रो दिनदेखि सडक मर्मत सुरु गरिएको थियो । शुक्रबार खुलाइने भनिए पनि कडा चट्टानसहितको भिर कटान गर्न नसक्दा असफल भएको र आज खुलाउन सफल भएको उनको भनाइ छ ।

गत असार २४ गते बिहानै आएको बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक र मितेरी पुल क्षतविक्षत बनाएको थियो ।

चीनतर्फबाट आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ठुलो जनधनको क्षति भएको छ । मितेरी पुलमा दसैँअघि बेलिब्रिज जडान गर्न चीनसँग सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्