images
images
images

चुरे संरक्षणाका लागि चुरेको दोहन रोकौं : उपप्रधानमन्त्री सिंह

images

पूर्वाधार वाच, धनुषा ।

नेपाली कांग्रेसका नेता, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले एकले अर्कालाई हिलो छ्यापाछाप गरेर पार्टी बलियो नहुने बताउनुभएको छ । नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैको हित नगर्ने बताउनुभयो । ‘एकले अर्कोलाई गाली गरेर पार्टी बलियो हुँदैन । हिलो छ्यापाछाप गर्नुभन्दा पार्टी भित्रका कमजोरी र त्रुटी सच्याउनुपर्छ । अस्वस्थ प्रतिस्पर्धाले राम्रो गर्दैन ,’ उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले पार्टीको संगठन सुदृढीकरणका लाग्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस कमजोर भए प्राप्त उपलब्धि गुम्ने भन्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कांग्रेस बलियो बनाउनुपर्ने बताउनुभयो । त्यस्तै उपप्रधानमन्त्री सिंहले चुरे दोहन नरोकेसम्म चुरे संरक्षण हुन नसक्ने बताउनुभयो ।

मधेसमा अहिले पानीको समस्या देखिनुमा चुरे दोहन पनि कारण रहेको भन्दै उहाँले सरकारले मधेसमा देखिएको पानीको समस्यामा सरकार गम्भीर रहेको बताउनुभयो । मन्त्रिपरिषद् बैठकले मधेसमा देखिएको पानीको समस्याका बारेमा केही निर्णय गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

कार्यक्रममा धनुषाबम स्थानीय सरकारका प्रमुखहरूले इतिशासमै यसपटक शहरी विकास मन्त्रालयबाट धेरै बजेट परेको भन्दै धन्यवाद दिएका थिए ।

उपप्रधानमन्त्री सिंहले धनुषामा शहरी विकास मन्त्रालयले निर्माण गरेको सीता पुष्प वाटिका-राम सिता विवाह मण्डप र महोत्तरीको जलेश्वरमा निर्मित बहुउद्देश्यीय भवनको समुद्घाटन गर्नुहुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्