images
images
images

के-के छन् बुधबारको मन्त्रिपरिषद्का निर्णय ?

images

पूर्वाधार वाच, काठमाडौं ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक भएका छन् । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरु सार्वजनिक गरेका हुन् ।

साउन १८ गते मेलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागिताका लागि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई स्वीकृती प्रदान गरिएको छ ।

रुकुम (पूर्वी भाग) जिल्ल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले बताए ।

यस्तै जापानको ओसाकामा साउन १२ र १३ गते आयोजना हुने नेपाल दिवस कार्यक्रममा सहभागी हुन उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव डा।रामप्रसाद घिमिरे नेतृत्वको टोलीलाई पठाउने लगायत १३ वटा निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्