पूर्वाधार वाच, काठमाडौं ।
पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी नेतृ विद्या भण्डारीले कसैले चाहँदैमा आफ्नो पार्टी सदस्यता खान नसक्ने बताएकी छन् ।
शुक्रबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमार्फत उनले यस्तो बताएकी हुन् । उनले भनिन, ‘अहिले यहाँ कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता कसैले खान जस्तो मलाई लाग्दैन ।’
उनले आफूलाई पार्टीले नै सिफारिस गरेर राष्ट्रपति नियुक्त भएको उल्लेख गर्दै त्यति बेला पनि पार्टीबाट आफू टाढा नरहेको उल्लेख गरिन् ।
उनले जननेता मदन भण्ण्डारीमार्फत् पार्टी सदस्यता लिएको र शपथ ग्रहण समेत गरेका कुरा स्मरण गर्दै कसैले चाहँदैमा आफ्नो पार्टी सदस्यता खाइदिन नसक्ने बताइन् ।
केही दिनअघि नेकपा एमालेले उनले सदस्यता नवीकरण खारेज गरेको थियो । उनलाई सक्रिय राजनीतिमा आउन नहुने भन्दै रोक्ने निर्णय गरेको थियो ।
पार्टी विधानमा रहेको नेताहरूलाई ७० वर्षीय उमेर हद र दुई कार्यकाल मात्र अध्यक्ष बन्न सकिने व्यवस्था पनि हटाइदिएको थियो ।
जसले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्न बाटो खुला भएको छ ।
पछिल्लो समय विद्या भण्डारी राजनीतिमा आउने चर्चाका बीच नेकपा एमालेको उक्त निर्णय र भण्डारीको मूभले पार्टीमा दुई वटा समानान्तर धार घना रूपमा देखा पर्न थालेका छन् । जसको पछिल्लो उदाहरण पार्टीको निर्णयविरुद्ध विद्या भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलनलाई समेत बुझ्न सकिन्छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्