images
images
images

सञ्चार माध्यमको विकासका लागि उचित नीति, ऐन निर्माण हुन सकेन : मन्त्री गुरुङ

images

पूर्वाधार वाच, काठमाडौं ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषाको विकास र संरक्षणका लागि स्थानिय भाषामा सूचना प्रसारण सुरु गरेको जानकारी दिएका छन् । शनिबार ३१औँ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ मिडिया अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले सुदुरपश्चिममा डोटेली भाषा र सुर्खेतको रेडियोबाट खस भाषाबाट सुचना दिन सुरु गरेको जानकारी दिएका हुन् ।

मन्त्री गुरुङले भाषाको विकासका लागि मिडियाहरुले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरि काम गर्नुपर्ने बताए ।

उनले भने, ‘डोटीबाट डोटेली भाषा र हामीले सुर्खेतको रेडियोबाट खस भाषाबाट सुचना दिन सुरु गरेका छौँ । क्षेत्रीयस्तरमा हुने कामहरु क्षेत्रीयस्तरमा गर्नसकिन्छ । भाषा मात्र हैन भाषाको विकासका लागि काम गर्नुपर्छ । त्यसको विकासका लागि व्याकरण, साहित्यहरुको विकास गर्न कार्यक्रमहरु बनाउनु पर्ला भनेर हामीले सुरु गरेको छौ । त्यहाँको स्थानीय सरकारसँग मिलेर काम गर्न भनेका छौ ।’

यसैगरी उनले संविधान जारी भएको दिनको अवसरमा असोज ३ गते एनटिभी वल्डको घोषणा गर्ने पनि बताए । ‘संविधान जारी भएको दिनको असोज ३ गते एनटिभी वल्डको लन्च हुन्छ । त्यो किन जन्मिन्छ भने हामी नेपालभित्रको मात्र हेरेर भएर हैन नि नेपाल त संसारको एउटा इकाइ हो,’ उनले थप भने, ‘हामीले संसारभरको मानिसलाई भन्न सक्नुपर्छ नेपाल कस्तो मुलुक हो?नेपाल कहिलेदेखी स्वतन्त्र छ ? नेपालको भाषा, संस्कृतिका बारेमा विश्वसामु पस्किनुपर्छ ।’

उनले नेपालका सञ्चारमाध्यमको विकासका लागि उचित नीति, ऐन निर्माण हुन नसकेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्