images
images
images

भदौमा पनि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

images

पूर्वाधार वाच, काठमाडौं । 

भदौ महिनामा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर घटाएका छन् । साउनको तुलनामा बैंकहरुको ब्याजदर ०।११ प्रतिशत विन्दुले घट्दै भदौमा यो दर ५.५७ प्रतिशतमा झरेको छ ।

२० वटा वाणिज्य बैंकमध्ये ८ बैंकले ब्याजदर घटाएका छन् भने ११ बैंकले स्थिर राखेका छन् । प्रभु बैंकले मात्र ब्याजदर बढाएको छ । कृषि विकास बैंक, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई बैंकले ब्याजदर घटाएका छन् ।

राष्ट्र बैंकको नीतिगत दर ४।५ प्रतिशत कायम छ, जसको प्रभाव स्वरूप साउनदेखि ब्याजदर घट्दै आएको हो । असार महिनामा उच्च पुँजीगत खर्चका कारण निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह सुस्त रहेकाले बैंकहरूले भदौमा पनि ब्याजदर घटाएका हुन् ।

ब्याजदर मा सबैभन्दा ठूलो कटौती स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको बैंकले साउन महिनामा व्यक्तिगत मुद्दतिमा ६.२६ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा ५.१३ प्रतिशतमा झारेको छ ।

प्रभुले भने साउनमा ४.२५ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा १.१ प्रतिशत बढाएर ५.३५ प्रतिशत पुर्‍याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्