images
images
images

चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सटही सुविधा खुकुलो बनाएको छ ।

एकीकृत परिपत्र संशोधन गर्दै केन्द्रीय बैंकले अब चाँदी आयातका लागि उद्योगहरूलाई प्रति पटक ५ लाख अमेरिकी डलरसम्म (वा सो बराबरको विदेशी मुद्रा) सटही सुविधा दिने निर्णय गरेको छ ।

यसअघि यो सीमा ३ लाख डलर थियो । अन्य व्यवसायीहरूलाई भने १ लाख डलरसम्मको सटही सुविधा मात्र हुनेछ ।

सटही सुविधा प्राप्त गर्न वाणिज्य बैंकहरूले अघिल्लो सटहीमार्फत आयात र त्यसको निर्यात स्थिति जाँच्नुपर्नेछ भने व्यवसायीहरूले अन्य बैंकबाट बक्यौता नभएको स्वघोषणा पनि दिनुपर्नेछ ।

गत आर्थिक वर्षको पहिलो १० महिनामा चाँदी आयात ५ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६८.८५ बढी हो ।

राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति वृद्धि भएपछि सटही सुविधा खुकुलो बनाएको हो ।

हाल सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ (१८.६५ अर्ब डलर) पुगेको छ, जुन १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्