पूर्वाधार वाच, काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस पटक दशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने जानकारी दिएको छ । आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दशैं र तिहारको समयमा भाडा बढाउने योजना नरहेको बताएका हुन् ।
उनले भने, ‘इन्धनको मूल्य बढे बढाउने, मूल्य घटे घटाउने खालको अटोमेसन सिस्टम हाम्रोमा छ । यसपालिको दशैं तिहारमा ठ्याक्कै भाडा बढाउने योजना रहेको छैन,’ उनले भने । उनले व्यवसायीहरूलाई दशैं र तिहारको बेलामा मानिसको चहलपहल बढी हुने मौका पारेर भाडा बढाउने भएकाले त्यस्तो नगर्न पहल गरेको समेत बताए ।
उनले समितिमा मन्त्रालयको मातहतमा रहेका सडकहरू प्रदेश सरकारको निर्णयअनुसार प्रदेशलाई हस्तान्तरण गर्ने बताए ।
‘पहिले यी सडक प्रदेशले हेर्नुपर्छ भनेर जबरजस्ती थुपारेको अवस्था थियो । अहिले उहाँहरूले निर्णय गरेपछि उहाँहरूलाई हस्तान्तरण गरेका छौ,’ उनले भने । यस्तै समितिमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पहिरोका बारेमा वर्षामा मात्र आवाज उठ्ने गरेको भन्दै यसमा गम्भीर हुन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)










प्रतिक्रिया दिनुहोस्