पूर्वाधार वाच, काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले सरकारले आपतकालिन तयारी, जोखिम न्युनिकरण र पुनर्निमार्णमा स्थानीय नेतृत्वलाई प्राथमिकतामा राखेको बताएका छन् ।
मंगलबार नेपाल मानवीय सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले नेपालको संविधानले स्थानीय सरकारलाई विपद् व्यवस्थापनको पहिलो जिम्मेवारी दिएको बताए ।
उनले सरकारले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै स्थानीय सरकारलाई सबल बनाउने कार्यकालका लागि पालिका स्तरमा विपद् व्यवस्थापन समिति, स्थानीय आपतकालिन केन्द्र, हरेक पालिकामा गोदाम घरको व्यवस्था, पालिकामा बस्ने स्वयं सेवकहरूको लागि गठन तथा तालिम,स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्था लगायतको कामहरू गरेको समेत जानकारी दिए ।
उनले मानवीय संकट बढ्दै गएको भन्दै साधन स्रोतको सीमितताले विश्वव्यापी मानवीय प्रणालीमा आवश्यक सुधार र रूपान्तरणको आवश्यकता रहेको औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)










प्रतिक्रिया दिनुहोस्