पूर्वाधार वाच, काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताको पक्षमा लाग्ने सपुतहरूलाई खोजी खोजी हुलाक टिकटमा प्रकाशन गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित भीम बहादुर पाँडेको तस्बिर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यकममा उनले मन्त्रालय आएपछि आफैलाई गौरव लाग्ने कामहरू गर्न पाएको भन्दै देश र जनताको पक्षमा लाग्ने सपुतहरूलाई खोजी खोजी प्रकाशमा ल्याउने बताए ।
उनले भने, ‘यो मन्त्रालय आएपछि आफैलाई गौरव लाग्ने काम गर्न पाएको छु । त्यस कारण पनि सञ्चार मन्त्री भएको कुरामा गर्व गर्छु । भीम बहादुर पाँडे जस्ता व्यक्तिको तस्बिर अंकित हुलाक टिकटमा टाँचा लगाउन पाउँदा खुसी लागेको छ । उहाँहरू पनि देश र जनताको पक्षमा लाग्ने सपुतहरू हुन् । यस्तो व्यक्तिहरु त म खोजी खोजी हुलाक टिकटमा प्रकाशन गर्छु । कति त सत्तामा पहुँच नभएर पनि यस्तो कुरा बाहिर नआएको हुन्छ । म आएपछि लुकेकालाई पनि खोज्ने गरेको छु ।’
यस्तै, उनले लोप हुन लागेको वस्तु, ठाउँ संरक्षण गर्ने ठाउँ हुलाक भएको भन्दै आफ्नो अधिकार अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्नको लागि पनि हुलाक टिकटहरूको महत्त्व रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्