images
images
images

राजमार्ग केन्द्रीत आन्दोलन गर्ने उखु किसानको चेतावनी

images

पूर्वाधार वाच, काठमाडौं ।

उखु उत्पादक महासंघ, नेपालले उखु किसानको समस्यालाई लिएर राजमार्ग केन्द्रीत आन्दोलनको घोषणा गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष श्रीराम प्रसाद यादवले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारले तोकेको मूल्यअनुसार भुक्तानी नपाउँदा किसानहरू आर्थिक संकटमा परेका छन् ।  यसले उनीहरूको जीविकोपार्जनमा गम्भीर असर पारेको छ ।’

विज्ञप्तीमा उल्लेख गरिएअनुसार, किसानहरूले उत्पादन गरेको उखुको मूल्य समयमा नपाउँदा उनीहरू ऋणमा डुबेका छन् र आगामी उत्पादन चक्रमा समेत असर परेको छ ।

महासंघले राजमार्गमा शान्तिपूर्ण धर्ना, र्‍याली तथा सरकारलाई चेतावनी दिने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ । आन्दोलनमा सहभागी हुन सबै उखु किसानहरूलाई आह्वान गरिएको छ । ‘एकता नै हाम्रो शक्ति हो,’ विज्ञप्तीमा भनिएको छ, ‘सरकारले हाम्रो माग नसुनेसम्म हामी आन्दोलन जारी राख्नेछौं । महासंघले उखुको न्यूनतम समर्थन मूल्य तत्काल घोषणा गरियोस्, किसानलाई बक्यौता रकम तुरुन्त भुक्तानी गरियोस् र चिनी मिलहरूलाई नियमन गर्न लगायत माग राखेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्