images
images
images

तात्तिए कुलमान : ऊर्जा मन्त्रालयका ६ सहसचिवहरुको एकैपटक सरुवा (सूचीसहित)

images

पूर्वाधार वाच, काठमाडौं ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका ६ जना सहसचिवहरुको एकैपटक सरुवा भएको छ ।

ऊर्जा मन्त्रीमा कुलमान घिसिङ नियुक्र भएर आएसँगै उनले व्यापक कर्मचारीहरुको सरुवा गरेका छन् ।

उनले आइतबार नै उपसचिव एवं इन्जिनियर तहका ३५ कर्मचारीहरुलाई सरुवा गरेका छन् ।

करिब डेढ महिना अघिमात्र तत्कालिन उर्जा मन्त्री दिपक खड्काले मण्डललाई मन्त्रालयबाट सरुवा गरी विद्यतु विभागको महानिर्देशक पदमा नियुक्ति गरेका जिवछ मण्डललाई मन्त्री घिसिङले हुत्याएका छन् । सहसचिव हुँदा उनले तत्कालिन कार्यकारी निर्देशक घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको भन्दै मन्त्री घिसिङले बदलाको भाव राखेको स्रोत बताउँछ ।

गत चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय गरिएको थियो । उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको थियो ।

घिसिङ ऊर्जा मन्त्री बने लगत्तै माथिल्लो तहका कर्मचारीहरू धमाधम चलाउन थालको छन । हितेन्द्रलाई प्राधिकरणबाट हटाएर माथिल्लो तहका कर्मचारीहरूको सरुवा तथा खटन पटन सुरु गरेका हुन् ।

उर्जा मन्त्रालयमा नियुक्त भएको दश दिन नबित्दै घिसिङले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइसकेका छन् । गत असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणबाट सरुवा गरी जल तथा ऊर्जा आयोगमा लग्ने गरिएको थियो । यसैगरी शाक्यको ठाउँमा मनोज सिलवाललाइ नियुक्त गर्ने निर्णय गरिएको थियो ।

घिसिङ उर्जा मन्त्रीमा नियुक्त भएपछि उर्जा मन्त्रालयले यसअघि भदौ १८ र २० गते गरेको कर्मचारीहरू सरुवा गर्ने निर्णय पनि रद्द गरिसकेको छ । घिसिङको निर्देशनमा मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट मण्डलबाट विद्युत विकास विभागको कार्यकारी निर्देशक पद हटाइएको छ ।

उनको ठाउँमा मनदेवी श्रेष्ठलाई नियुक्ति गरिएको छ । मनदेवी विभागको इतिहासमै पहिलो महिला महानिर्देशक हुन् । मण्डललाई भने विभागबाट मन्त्रालयमा सरुवा गरिएको छ ।

विभिन्न सिंचाई आयोजनाका सिडिई र इन्जिनियर गरी ३५ कर्मचारीहरुको सरुवा, को कहाँ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्