पूर्वाधार वाच, काठमाडौं ।
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग आजदेखि सुचारु भएसँगै धादिङको बेनीघाटमा सवारीसाधनको चाप बढेको छ ।
गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित शनिबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावत बन्द गरिएको थियो ।
तर आज बिहान ६ बजेदेखि यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जसका कारण सवारीसाधनको चाप अत्याधिक बढेको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्