images
images
images

दुई सय जना क्षमताको निर्माणाधीन सभाहल अलपत्र, जग र पिल्लर जीर्ण अवस्थामा

images

पूर्वाधर वाच, डडेलधुरा ।

डडेल्धुरामा निर्माणाधीन सभाहल अलपत्र अवस्थामा पुगेको छ । सो सभाहल निर्माणका लागि ४० लाख रुपियाँ खर्च गरिसकेको छ तर कामले गति नलिएका कारण भवन निर्माण अलपत्र अवस्थामा छ ।

तीन वर्षपहिले ४० लाख रुपियाँ खर्च गरेर जग हालेर पिल्लरका लागि छड ठड्याइएको सभाहल निर्माणस्थल अहिले जीर्ण अवस्थामा छ । आर्थिक वर्ष २०७९र८० मा दुई सय जना क्षमताको सभाहल निर्माण गर्न दुई करोड रकम विनियोजन गरी काम सुरु गरिएको थियो ।

४० लाख रुपियाँ खर्च पनि भयो तर त्यसयता काम अगाडि नबढ्दा हालेको जग र पिल्लर जीर्ण अवस्थामा पुगेको छ ।

जिल्ला समन्वय समितिको कार्यालय कीर्तिपुरको जमिनमा सभाहल निर्माणका लागि जग हालिएको थियो ।

गत आवमा थप काम नहुँदा निर्माण अलपत्र परेको जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले जानकारी दिए ।

जग हालेर पिल्लरका लागि छड ठड्याइए पनि पछिल्ला वर्षमा निर्माण अघि बढ्न सकेन । उनले भने, ‘यहाँ अहिले झाडी पलाएको छ । आउने जाने जोसुकैले यो के हो भनेर सोध्छन् । जवाफ दिँदा दिँदा हैरान भइसकेँ । काम अघि बढ्दैन ।’

उनका अनुसार सभाहल निर्माणका लागि आव २०८१/८२ मा सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ४५ लाख रुपियाँ विनियोजन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्