पूर्वाधार वाच, काठमाडौं।
द्वन्द्व पीडित एवं बेपत्ता परिवारकी किशोरी कार्कीले राजनीतिमा पाइला टेकेकी छन् । माओवादी द्वन्द्वमा राज्य पक्षबाट बाबु बेपत्ता पारिएपछि अभिभावक विहीन भएकी जेनजी अभियन्ता कार्कीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी हुन् ।
जेनजी आन्दोलनका घाइतेलाई अस्पताल पुर्याएर चर्चामा आएकी कार्कीले नवनिर्माण पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी हुन् ।
कार्कीले पार्टीको चुनाव चिन्ह माटोको चुल्हो राखेकी छन् ।
निवेदनमा अध्यक्षका रूपमा कार्की स्यंमले हस्ताक्षर गरेकी छन् । दल दर्ताका लागि निवेदन दिए पनि थप कागजपत्र र प्रक्रियाहरू पूरा हुन बाँकी रहेको जनाइएको छ ।
कार्कीले २३ गतेको आन्दोलनमा बानेश्वरमा प्रहरीको गोली लागेर घाइते भएका युवकलाई मोटरसाइकलमा राखेर अस्पताल लगेकी थिइन् । त्यसपछि पनि उनी घाइतेको उपचारमा सक्रिय रहिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्