पूर्वाधार वाच, काठमाडौं |
सिद्धार्थ बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा आज ९कार्तिक ३० गते० काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। सभा सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा बसेको थियो।
सभाले हाल कायम रु १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ९० रुपैयाँ चुक्ता पूँजीमा ५ प्रतिशत बोनस शेयर ९रु ७० करोड ४४ लाख ९९ हजार १०० तथा ५.५३ प्रतिशत नगद लाभांश करसहित (रु ७७ करोड ९१ लाख ७५ हजार ९ सय ५) वितरण गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको बैंकले जनाएको छ।
यससँगै बैंकले शेयरधनीलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरेको छ।
वित्तीय विवरण तथा प्रतिवेदन अनुमोदन
साधारणसभामा आर्थिक वर्ष २०८१/२०८२ (आ.व. २०८१/८२ को अषाढ मसान्तसम्मको) सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह विवरण, स्वपूँजी परिवर्तन विवरण समेत पारित गरिएको छ।
यस्तै, आगामी वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सर्वसम्मतिले अनुमोदन गरिएको छ।
२३ वर्ष पूरा गरेको अग्रणी निजी क्षेत्रको वाणिज्य बैंक
सिद्धार्थ बैंक नेपालमा निजी क्षेत्रबाट सञ्चालित अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो। नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त बैंकले १७औँ वाणिज्य बैंकका रूपमा २३ वर्षअघि औपचारिक रूपमा बैंकिङ सेवा प्रारम्भ गरेको थियो।
हालसम्म बैंकले देशभर १९६ वटा शाखा, १०००+ एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, र विभिन्न डिजिटल सेवामार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
डिजिटल–प्रथम रणनीति र ग्राहकमैत्री सेवा
सिद्धार्थ बैंक हाल ‘Digital First’ रणनीतिमा अघि बढिरहेको बैंकका रूपमा परिचित छ । यसअनुसार बैंकले डिजिटल बैंकिङ विस्तार, सुरक्षित तथा छरितो सेवा प्रवाह, दिगो बैंकिङ अभ्यास, ग्राहक–केन्द्रित सेवा सुधारलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
दीर्घकालीन विश्वास निर्माणमा केन्द्रित
बैंकले ग्राहक तथा सरोकारवालाबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै दीर्घकालीन, विश्वासपूर्ण र पारदर्शी बैंकिङ सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ।
बैंकका अनुसार विगत २३ वर्षको यात्रा सफल बनाउन ग्राहक, शेयरधनी, नियामक तथा सहकर्मीहरूको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्