पूर्वाधार वाच, काठमाडौं ।
स्पेनको ओनेरा ग्रुपसँगको सहकार्यमा जीएआई ग्रुप नेपालले देशमै पहिलोपटक अत्याधुनिक ‘कमर्सियल किचन उपकरण’ शोरुम सञ्चालनमा ल्याएको छ। काठमाडौंको सानो भर्याङमा स्थापना गरिएको यस शोरुममा ओनेरा ग्रुप अन्तर्गतका फागोर, एडेनोक्स र एस्बर गरी तीन विख्यात अन्तर्राष्ट्रिय ब्रान्डका किचन उपकरणहरू उपलब्ध गराइएको छ।
उद्घाटन समारोहमा ओनेरा ग्रुपका प्रतिनिधिहरूको उपस्थिती
शोरुमको औपचारिक उद्घाटन नोभेम्बर २० मा फेगोर स्पेन र फेगोर युएईका प्रतिनिधिहरूको विशेष उपस्थितिमा सम्पन्न भएको हो।
जीएआई ग्रुपका प्रबन्धक निलु बज्राचार्यका अनुसार, उद्घाटनपछि तीन दिनसम्म होटल तथा रेस्टुरेन्ट व्यवसायी, शेफ तथा आतिथ्य क्षेत्रका व्यक्तिहरूलाई विशेष निमन्त्रणा गरी उपकरणहरूको प्रदर्शन तथा जानकारी गराइएको थियो। नोभेम्बर २३ देखि शोरुम सर्वसाधारणका लागि खुला रहेको उनले बताइन्।
सन् २०१६ देखि एकै छानामुनि विश्वस्तरीय उपकरणहरूको आपूर्ति
जीएआई ग्रुप नेपालले सन् २०१६ देखि नेपाली बजारमा कमर्सियल किचन र रेफ्रिजेरेसन उपकरण एकै छानामुनि उपलब्ध गराउँदै आइरहेको छ। कम्पनी विश्वप्रसिद्ध ब्रान्डहरू फागोर, युनोक्स, विन्टरहल्टर, साम्मिक, ला कारिमाली, वाईपीटी, इलान्प्रो, वासम्याटिक र इन्फ्रिकोजका उपकरणहरूको आधिकारिक आपूर्तिकर्ताका रूपमा परिचित छ।
डिजाइन, कन्सल्टिङ र प्राविधिक सहयोगको सुविधा
उपकरण बिक्रीसँगै कम्पनीले अनुभवी डिजाइनरद्वारा किचन डिजाइन, व्यवसायीलाई आवश्यक उपकरण छनोटमा परामर्श, प्राविधिक सहयोग तथा सेवा समेत प्रदान गर्दै आएको छ।
कम्पनीका अनुसार, नेपालमा द्रुत रूपमा विस्तार हुँदै गएको होटल तथा रेस्टुरेन्ट उद्योगलाई प्रविधिमैत्री बनाउने र अन्तर्राष्ट्रिय स्तरका किचन उपकरण सहज उपलब्ध गराउने उद्देश्यसहित नयाँ शोरुम संचालनमा ल्याइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्