पूर्वाधार वाच, काठमाडौं ।
अग्रिम बाँसवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारणसभा २०८२ मंसिर ६ गते काठमाडौंमा सम्पन्न गरेको छ।
साधारणसभामा संस्थाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षका कार्यक्रम तथा आर्थिक योजना प्रस्तुत गरी पारित गरेको छ।
साधारणसभाको अध्यक्षता सञ्चालक समिति अध्यक्ष विष्णु गिरिले गरेका थिए।
अध्यक्षको वार्षिक प्रतिवेदन सार्वजनिक
अध्यक्ष विष्णु गिरिले प्रस्तुत गरिएको विस्तृत प्रतिवेदनमा सहकारीको प्रगति, चुनौती र आगामी योजनाबारे प्रकाश पारे। उनका अनुसार सहकारीले सदस्य संख्या, बचत तथा लगानी दुवै वृद्धि, वित्तीय कारोबारमा पारदर्शिता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग कार्यक्रम, कोभिड–१९ पश्चात आर्थिक स्थायित्व कायम गर्न अपनाएका रणनीतिहरू, सुशासन तथा संस्थागत क्षमतामा सुधार जस्ता क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
अध्यक्ष गिरिले सहकारी क्षेत्रसमेत हाल आर्थिक चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै आगामी वर्ष संस्थालाई थप सुदृढ, सक्षम र प्रगतिशील बनाउने प्रतिवद्धता जनाए।
सहकारीको लक्ष्य : सदस्यलाई विश्वसनीय सेवा र आर्थिक सुरक्षा
सहकारीले आगामी दिनमा सदस्यहरूको आर्थिक सशक्तीकरण प्रविधिमैत्री सेवा विस्तार, सुरक्षित तथा पारदर्शी वित्तीय व्यवस्थापन, बचत तथा लगानीका क्षेत्रहरू विस्तारण, सीप विकास तथा सामाजिक उत्तरदायित्व कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

साधारणसभामा संस्थाका सम्मानित सदस्यहरू, पूर्व अध्यक्ष तथा पदाधिकारी, विभिन्न सहकारी संघ–संस्थाका प्रतिनिधि, स्थानीयबासी तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अन्त्यमा, अध्यक्ष गिरिले सबैको निरन्तर साथ, विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै सहकारीलाई अझ सक्षम र सदस्यमैत्री बनाउने प्रतिवद्धता दोहोर्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्