images
images
images

भरतपुरका शहरी क्षेत्रमा स्मार्ट शौचालय

images

फाइल तस्बिर

पूर्वाधार वाच, चितवन ।

भरतपुर महानगरपालिकाले शहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गर्न थालेको छ । दुई ठाउँमा आधुनिक स्मार्ट शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ । अन्य दुई स्थानमा यसअघि सञ्चालनमा आइसकेका छन् ।

भरतपुर महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यले महानगरका कार्यालय नजिकै स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गरिएको बताउँदै काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘छिमेकी जिल्ला प्रहरी कार्यालयको जमिनमा सडकतर्फ फर्काएर शौचालय बनाइएको छ । दुवैको काम अन्तिम चरणमा पुगेको छ । रु एक करोडको लागतमा यी दुई आधुनिक स्मार्ट शौचालय बनाइएको हो’, उनले भने ।

आचार्यका अनुसार महानगरपालिका नजिक बन्दै गरेको शौचालय थारू संस्कृति झल्कने खालको छभने प्रहरी कार्यालय नजिकको आधुनिक स्वरुपको रहेको छ । भित्री भागमा दुवैमा एउटै खालको सुविधा छ ।

उनले अपाङ्गमैत्री यी दुवै शौचालयमा महिलाका लागि स्तनपान कक्ष, ड्राइपर तथा सेनिटरी प्याड परिवर्तनका लागि सुविधा उपलब्ध हुने जानकारी दिए । यससँगै धारामा सेन्सर जडान गरिएको छ । दुवै शौचालयमा महिला र पुरुषका लागि नुहाउन मिल्नेगरी व्यवस्था मिलाइएको छ ।

यसअघि महानगरपालिकाले भरतपुर अस्पताल अगाडि, गोन्द्राङ् र आँपटारीमा आधुनिक सार्वजनिक शौचालय बनाइएको थियो । ती शौचालय रु ७० लाख खर्च गरेर बनाइएको हो ।

महानगर प्रमुख रेनु दाहालले स्थान अभावका कारण शहरी क्षेत्रमा आवश्यक सङ्ख्यामा स्मार्ट शौचालय बनाउन नसकिएको बताए । समयसापेक्ष स्मार्ट शौचालयहरु बनाउँदै लैजाने लक्ष्य महानगरको रहेको उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिकाले मुख्य बजार क्षेत्र लायान्स चोक, सहिद चोक र पुलचोकमा स्मार्ट शौचालयका लागि जग्गा खोजी भइरहेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्