पूर्वाधार वाच, काठमाडौं ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको सिआईबीले शेरचनलाई आइतबार पक्राउ गरेको हो।
बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनमाथि चलिरहेको कर्जा अपचलनसम्बन्धी अनुसन्धानकै क्रममा शेरचनलाई नियन्त्रणमा लिइएको हो ।
सीआईबीले कार्तिक २२ गते बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मार्दै कर्जा फाइल, आन्तरिक पत्राचार र स्वीकृतिसँग सम्बन्धित महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक छानबिनमै कर्जा स्वीकृति प्रक्रियामा तत्कालीन अध्यक्ष भट्टचनसहित उच्च व्यवस्थापन तहबाट अनियमितता भएको शंका बढेपछि अनुसन्धानलाई थप विस्तार गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्