images
images
images

लगनखेलमा ‘नेशनल ग्यास्ट्रो लिभर सेन्टर’ सञ्चालनमा, डा. शेखर पौडेलद्वारा उद्घाटन

images

पूर्वाधार वाच, ललितपुर ।

लगनखेलस्थित कर्मचारी सञ्चयकोष भवनको दोस्रो तल्लामा आज ‘नेशनल ग्यास्ट्रो लिभर सेन्टर’(NGLC) औपचारिक रूपमा सञ्चालनमा आएको छ। सेन्टरको उद्घाटन संचालक ग्यास्ट्रोएन्टेरोलोजिस्ट, ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट तथा नर्भिक इन्टरनेशनल अस्पतालमा कार्यरत डा. शेखर पौडेलले गर्नुभयो। कार्यक्रममा स्थानीय समुदाय, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएका छन् ।

उद्घाटन समारोहमा बोल्दै पौडेलले आधुनिक उपकरण, सेवा–सुविधा र विशेषज्ञ टोलीसहित सञ्चालनमा आएको यो केन्द्रले पेट, कलेजो, आँत तथा पाचन प्रणालीसम्बन्धी समस्याको प्रभावशाली उपचार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उनका अनुसार, नागरिकको स्वास्थ्य स्तरोन्नतिमा यस्तो प्रकारको विशेषज्ञ केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेछ। 

अत्याधुनिक सेवा एकै छानामुनि:

NGLC लाई ‘उत्कृष्टताको क्लिनिक’का रूपमा विकसित गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको हो। केन्द्रमा उपलब्ध हुने प्रमुख सेवाहरू यसप्रकार छन्—

• एआई–सहायित छिटो र शुद्ध निदान सेवा

• उन्नत एन्डोस्कोपी सुविधा

• कलेजो, पित्तथैली र प्यान्क्रियाससम्बन्धी रोगहरूको विशेषज्ञ उपचार

• हेपटाइटिस र सिरोसिस व्यवस्थापन

• नियमित परामर्श तथा क्लिनिक सेवा

साथै, निकट भविष्यमा कार्डियोलोजी, स्त्रीरोग तथा प्रसूति (OBG) र सामान्य औषधि लगायतका अन्य विशेषज्ञ सेवा विस्तार गर्ने तयारी गरिएको छ।

स्वास्थ्य सेवामा व्यापक अनुभव बटुलेका श्री शेखर पौडेलको पहल र मार्गदर्शनमा सुरु भएको ‘नेशनल ग्यास्ट्रो लिभर सेन्टर’ स्थानीयवासीदेखि आसपासका जिल्लासम्मका बिरामीको लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्