पूर्वाधार वाच,काठमाडौं ।
आज सम्पन्न D4N2025 सम्मेलन अन्तर्गत हेफर नेपालले Social Capital for Scaling Nutrition Equity विषयमा विशेष लर्निङ सेसन आयोजन गरेको छ। सो सत्रमा हेफर इन्टरनेशनलका एशिया कार्यक्रमका ज्ञान तथा सूचना व्यवस्थापक रबिन राज निरौलाले SLVC (Strengthening Livestock Value Chain) कार्यक्रमले कसरी नवप्रवर्तनयुक्त मोडेलमार्फत व्यापक स्तरमा प्रभाव पुर्याउन सफल भएको छ भन्नेबारे प्रस्तुतीकरण गरे।
उनले विशेषगरी निम्न मोडेलहरूले ग्रामीण अर्थतन्त्र तथा पोषण सुदृढीकरणमा योगदान पुर्याएको उल्लेख गरेः
-
सहकारीलाई व्यवसायिक केन्द्रका रूपमा विकसित गर्ने मोडेल
-
CAVE मोडेल – स्थानीय स्तरमै प्राविधिक सेवा विस्तार
-
सरकारी साझेदारी मोडेल – प्रभावका लागि सहकार्य
-
वित्त पहुँच – साना किसानका लागि पूँजी परिचालन
-
समावेशी बजार प्रणाली – महिलाद्वारा सञ्चालित बजार
-
सक्षम वातावरण – साना किसानमैत्री नीतिगत समर्थन

कार्यक्रम दौरान SLVC Impact at Scale रिपोर्ट सार्वजनिक गरिएको थियो। त्यसपछि Agri-Food Systems at Scale – A Dialogue on Governance, Gender, and Food Well-being शीर्षकको मुख्य सत्र सम्पन्न भयो, जसको संयोजन पत्रकार तथा सामाजिक उद्यमी प्रिया सिग्देलले गरेकी थिइन्।
मुख्य सत्रमा विभिन्न क्षेत्रका विशेषज्ञहरूले विचार राखेः
-
डा. सम्झना काफ्ले, संयुक्त सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ले नेपालको कृषि–खाद्य प्रणाली सुदृढ बनाउन नीतिगत संरचना, सुशासन, पोषण समानता तथा जलवायु चुनौतीको समाधानका दिशामा केन्द्रित विचार प्रस्तुत गरिन्।
-
डा. दिलीप भण्डारी, वरिष्ठ कार्यक्रम निर्देशक (एशिया), हेफर इन्टरनेशनल, ले सामुदायिक सशक्तीकरण र कार्यक्रमगत नवप्रवर्तनले पोषण तथा खाद्य प्रणालीमा दिगो सुधार ल्याउने बताएका थिए।
-
निरञ्जन श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, सुजल फुड्स, ले दूध तथा दुग्धजन्य क्षेत्रमा आयात न्यूनीकरण, घरेलु उत्पादन वृद्धि, समावेशी बजार निर्माणका लागि आवश्यक रणनीतिक परिवर्तनबारे प्रकाश पारे।
-
लोरी सी. मिलर,एमडी, टफ्ट्स विश्वविद्यालयकी बाल स्वास्थ्य, पोषण तथा बाल विकास विज्ञ, ले आफ्ना अध्ययनहरूले पोषण वृद्धि कार्यक्रमहरूको प्रभावकारिता बढाउन विकास संस्थालाई कसरी मार्गदर्शन गर्छ भन्नेबारे टिप्पणी गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्