पूर्वाधार वाच, एजेन्सी ।
अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा जन्मिएका केही बालबालिकालाई नागरिकता पाउने संवैधानिक अधिकार लागू हुन्छ कि हुँदैन भन्ने विषयमा एक मुद्दामा सुनुवाई गर्ने निर्णय गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष जनवरीमा पदभार सम्हालेको पहिलो दिनमै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
यस आदेशअनुसार अवैध रूपमा देशमै बसोबास गरिरहेका अभिभावकका यहाँ जन्मिएका बालबालिकालाई दिँदै आएको जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्ने प्रावधान थियो । तर तल्लो अदालतहरूले भने यस निर्णय कार्यान्वयनमा रोक लगाएका थिए।
सर्वोच्च अदालतमा सुनुवाइ कहिले हुने हो भन्ने मिति अझै तोकिएको छैन, र अन्तिम फैसला आउन धेरै महिना लाग्न सक्ने अनुमान गरिएको छ।
अदालतको निर्णयले ट्रम्प प्रशासनको आप्रवासन नीतिमा र अमेरिकी नागरिकताको अर्थ–परिभाषामा गम्भीर प्रभाव पार्न सक्छ।
झन्डै १४० वर्ष पहिले अमेरिकी संविधानको १४औं संशोधन मार्फत देशमा जन्मने सबै बालक–बालिका अमेरिकी नागरिक हुने सिद्धान्त स्थापित गरिएको थियो। तर यो नियम राजनयिक तथा विदेशी सैन्य अधिकारीहरूको सन्तानमा लागू हुँदैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्