images
images
images

हनुमानस्थान पार्कमा पत्रकार तिवारीको नि:शुल्क खुला पुस्तकालय

images

पूर्वाधार वाच, काठमाडौं ।

झण्डै ३ दशक सक्रिय पत्रकारीतामा बिताएका नारायण तिवारीले आफ्ना पुराना पुस्तकहरु समेत दान गरेर अनामनगरको हनुमानस्थान नजिकै पार्कमा खुला पुस्तकालय स्थापना गरेका छन् ।

आइतबार उनकै सहपाठीहरुले संयुक्त रुपमा खुला पुस्ताकालयको औपचारिक उद्घाटन गरे । तिवारीले आफ्नो दराज र पुराना पुस्तकहरु पार्कमा बस्नेहरुका लागि निशुल्क अध्ययनको व्यवस्था गरेका हुन् ।

‘आफुले पढिसकेपछि ती किताब अरुले पनि पढुन् न भन्ने लाग्यो । पार्कमा फुर्सद पनि हुन्छ अनि पठन संस्कृति पनि जगाउँ भनेर स्थापना गरेका हौँ,’ उनले भने,‘अहिलेलाई अनानगरको हनुमानस्थान नजिकको पार्क छेउमा छ । पार्कमा बस्छन किताब पढ्छन् भनेर । १५० वटा किताब र र्याक दिएर मैले सुरुवात गरेको छु । ठूला ठुला भ्रम या सपना भन्दा साना साना कर्मले समाज र देशलाई सहयोग पुर्याउन सक्छ भन्ने हो । यो अभियानलाई सकेसम्म देशैव्यापी बनाउने योजना छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्