एभरेष्ट कलर लिमिटेडले भक्तपुरको कोशलटारस्थित त्रिशक्ति बैंकेटमा आफ्नो दोस्रो वार्षिक साधारणसभा (AGM) सफलतापूर्वक सम्पन्न गरेको छ। सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गरेको छ।
साधारणसभाले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (IPO) सम्बन्धी प्रस्तावलाई अनुमोदन गर्नुका साथै आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरेको छ। नियामक निकायबाट प्राप्त निर्देशनअनुसार नियमावली संशोधन र व्यवस्थापन सम्बन्धी निर्णयहरू पनि सभाबाट पारित भएका छन्।
सभामा प्रस्तुत विवरणअनुसार चुनौतीपूर्ण आर्थिक अवस्था तथा निर्माण सामग्री बजारमा आएको उतारचढावका बाबजुद पनि कम्पनीले आ.व. २०८१/८२ मा बिक्री, आम्दानी तथा बजार विस्तारमा सकारात्मक प्रगति हासिल गरेको जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ मा एभरेष्ट कलर लिमिटेडले उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीका अनुसार यस अवधिमा अघिल्लो आर्थिक वर्षको तुलनामा ४९.५७ प्रतिशतले बिक्री वृद्धि भएको छ भने सोही अवधिमा कम्पनीले २ करोड १२ लाख १६ हजार १९३ रुपैयाँ नाफाआर्जन गर्न सफल भएको छ। चुनौतीपूर्ण बजार अवस्था तथा कच्चा पदार्थको मूल्य वृद्धि हुँदाहुँदै पनि उत्पादन विस्तार, बजार पहुँच वृद्धि र व्यवस्थापन क्षमताका कारण कम्पनीले सकारात्मक आर्थिक नतिजा हासिल गरेको जनाएको छ।

कम्पनीले हाल १२ वर्षे वारेन्टीसहितको EVERSTAY Super Premium Exterior Emulsion तथा १० वर्षे वारेन्टीसहितको EVERTOP Super Premium Exterior Emulsion उत्पादन तथा बजारमा आपूर्ति गरिरहेको जानकारी दिइयो। साथै आगामी दिनमा PREMIUM GOLD Paints र EVERGREEN ब्रान्डअन्तर्गत नयाँ उत्पादनहरू बजारमा ल्याउने योजना रहेको उल्लेख गरिएको छ।
सभामा ISO 9001:2015 प्रमाणित कम्पनीका रूपमा गुणस्तर कायम गर्दै आधुनिक प्रविधि, ERP System कार्यान्वयन, बजार विस्तार तथा प्रदेशस्तरमा शाखा विस्तार गर्ने दीर्घकालीन रणनीतिबारे पनि जानकारी गराइएको थियो।
सञ्चालक समिति अध्यक्ष महेश्वर खनाल ले कम्पनीलाई एक अग्रणी नेपाली पेन्ट ब्रान्डका रूपमा स्थापित गर्न शेयरधनी, कर्मचारी तथा सरोकारवालाहरूको निरन्तर सहयोग आवश्यक रहेको बताउँदै आगामी दिनमा दिगो विकास र पारदर्शी व्यवस्थापनमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्