पूर्वाधार वाच, काठमाडौं ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा महत्वपूर्ण योगदान गरेको भन्दै तत्कालीन सरकारबाट प्रशंसा बटुलेका आयोजना प्रमुख बिनेश मुनकर्मी भ्रष्टाचारी भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ ।
आयोजना प्रमुख हुँदा आर्थिक गडबडमिाफर्त करोडौं अकुत सम्पत्ति कमाएको दाबीसहित साढे २ करोड बढी बिगो भराउन अदालतसँग माग समेत गरिएको छ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर मुनकर्मीलाई सक्दो चाँडो काम सम्पन्न गरेको र आयोजना निर्माणमा महत्वपूर्ण भूमिका निभएको भन्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशंसा पत्रसहित सार्वजनिक अभिनन्दन गरेका थिए ।
सरकारले उनलाई सन् २०२३ जनवरी १ मा अत्याधुनिक आधुनिक विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन समारोहमा सम्मान गरेको थियो । सरकारको राष्ट्रिय गौरवको आयोजना भएकाले पनि सो आयोजना सकिए पश्चात सरकारले उनलाई स्वभाविक रुपमा सम्मान गरेको भए पनि उनीसहित सो आयोजनामा संलग्नहरुले भ्रष्टाचारबारे सरकार बेखबर रहेको बुझिन्छ ।
यसैबीच पछिल्लो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको दाबीसहित धमाधम भ्रष्टाचार मुद्दा दायर गरिरहेको छ । अख्तियारले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार गरेको भन्दै यसअघि नै ५ जना पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा गर्दा गरिसकेको छ ।

यता मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना कार्यान्वयन इकाई प्रमुख इन्जिनियर बिनेश मुनकर्मीले भ्रष्टाचारमार्फत् अकुत सम्पत्ति आर्जन गरेको दात्रबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत उक्त विमानस्थल निर्माणका क्रममा आयोजना प्रमुख इ। मुनकर्मीले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरीका आधारमा अनुसन्धान हुँदा उनको आर्थिक गडबडी सतहमा आएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीको जानकारी दिए ।
मुनकर्मीले सरकारी जागिर सुरु गरेको वि.सं. २०५४ फागुन १ गतेदेखि वि.सं. २०८० मंसिर १४ गतेसम्म अवधिमा उनले पेश गरेको सम्पत्ति विवरण, पारिश्रमिकरतलब बचत, जग्गा बिक्री आय, ऋणरसापटी आय, शेयर बिक्री आय, लाभांशरमुनाफा आय, विमा परिपक्करसमर्पण आय, दैनिक भ्रमण भत्ता बचत, पुरस्कार रकम, कार्यालयबाट प्राप्त बोनस आय रकम, प्रोत्साहन भत्ता बचत, ब्याज कर लगायत विश्लेषण गर्दा उनले कमाएको भन्दा करोडौं रकम अकुत आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ ।
स्रोत पुष्टि हुन नसकेको गैरकानूनी सम्पत्तिमा मुनकर्मीविरुद्ध २ करोड ५० लाख ३४ हजार पाँच सय सत्र रुपैयाँको बिगो मागदाबी गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमती पनि प्रतिवादी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्