images
images
images

भिभो एक्स ३०० प्रो नेपाली बजारमा सार्वजनिक, जाइस क्यामेरासहित प्रिमियम फ्ल्यागशिप अनुभव

images

पूर्वाधार वाच, काठमाडौं।

स्मार्टफोन निर्माता कम्पनी भिभोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स ३०० प्रो नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित तयार गरिएको यस स्मार्टफोनमा जाइससँगको सहकार्यमा विकसित अत्याधुनिक क्यामेरा प्रविधि, शक्तिशाली हार्डवेयर र उन्नत सफ्टवेयर अनुभवलाई एकै डिभाइसमा समेटिएको कम्पनीले जनाएको छ ।

भिभो एक्स ३०० प्रो फ्यान्टम ब्ल्याक (कालो) र ड्युन ब्राउन (खैरो) गरी दुई प्रिमियम रङ विकल्पमा उपलब्ध हुनेछ । यसको नेपाली बजार मूल्य रु. १,७९,९९९ तोकिएको छ । यो स्मार्टफोन मंसिर २९, २०८२ देखि दराज तथा देशभरका भिभोका आधिकारिक बिक्री केन्द्रमार्फत खरिदका लागि उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार एक्स ३०० प्रोको सबैभन्दा ठूलो आकर्षण यसको व्यावसायिक इमेजिङ प्रणाली हो । जाइससँगको सहकार्यमा विकास गरिएको यस प्रणालीअन्तर्गत स्मार्टफोनमा २०० मेगापिक्सेल जाइस एपीओ टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले अल्ट्रा–सेन्सिङ एचपीबी सेन्सर र ५.५–रेटेड अप्टिकल स्टेबलाइजेसनमार्फत टाढाका दृश्यहरू पनि अत्यन्त स्पष्ट र स्थिर रूपमा कैद गर्न सक्षम बनाउँछ ।

यसका साथै, एलवाईटी–८२८ सेन्सरसहितको जाइस गिम्बल–ग्रेड मेन क्यामेरा ले उज्यालो तथा कम प्रकाश दुवै अवस्थामा प्राकृतिक रङ, उच्च डायनामिक रेन्ज र सूक्ष्म विवरण प्रस्तुत गर्ने कम्पनीको दाबी छ । क्यामेरा क्षमतालाई थप सशक्त बनाउन प्रो इमेजिङ चिप VS1 र सह–विकसित डाइमेन्सिटी ९५०० V3+ इमेजिङ चिप प्रयोग गरिएको छ, जसले छिटो इमेज प्रोसेसिङ, उत्कृष्ट लो–लाइट कार्यसम्पादन तथा २०× लङ–रेन्ज मोसन स्न्यापसट, टेलिफोटो फ्लावर एन्ड बर्ड सट्स जस्ता एडभान्स फिचरहरू प्रदान गर्छ । जाइसको विशिष्ट मिरर–रिङ इफेक्टपनि यसमा समावेश गरिएको छ ।

सेल्फी तथा भिडियो कलका लागि स्मार्टफोनमा ५० मेगापिक्सेल जाइस वाइड–एङ्गल फ्रन्ट क्यामेरा दिइएको छ, जसले ठूलो फ्रेम कभरेजसहित प्राकृतिक र स्पष्ट सेल्फी अनुभव प्रदान गर्छ ।

क्यामेरा क्षमतासँगै, भिभो एक्स ३०० प्रोमार्फत नेपालमा ओरिजिन ओएस ६ को औपचारिक सुरुवात गरिएको छ । उन्नत एआई प्रणाली र परफर्मेन्स इन्जिनद्वारा सञ्चालित यस अपरेटिङ सिस्टमले सहज ट्रान्जिसन, छिटो प्रतिक्रिया र प्रयोगकर्तामैत्री अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । ओरिजिन आइसल्यान्ड फिचरले सन्दर्भअनुसारका रिमाइन्डर तथा रियल–टाइम सुझावहरू प्रदान गर्छ भने भिभो अफिस किट ले फोन–टु–पिसी कनेक्टिभिटी, फाइल ट्रान्सफर र मल्टि–डिभाइस उत्पादकत्वलाई अझ सहज बनाउँछ ।

डिस्प्लेका लागि यस स्मार्टफोनमा जाइस मास्टर कलर डिस्प्ले, ८T LTPO टेक्नोलोजी र १.१ मिलिमिटर अल्ट्रा–स्लिम सिमेट्रिक बेजेल प्रयोग गरिएको छ । शक्तिशाली डाइमेन्सिटी ९५०० प्रोसेसर द्वारा सञ्चालित एक्स ३०० प्रोमा ६५१०mAh ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यास चार्जतथा ४० वाट वायरलेस फ्ल्यास चार्जको सुविधा उपलब्ध छ, जसले लामो समयसम्म निरन्तर प्रयोग सम्भव बनाउँछ ।

सुरक्षाका लागि स्मार्टफोनमा IP68 तथा IP69 रेटिङ, आर्मर ग्लास र थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानिङ २.० प्रविधि प्रयोग गरिएको छ, जसले यसलाई दैनिक प्रयोगका लागि अझ सुरक्षित, मजबुत र भरपर्दो बनाएको छ ।

समग्रमा, भिभो एक्स ३०० प्रोले व्यावसायिक क्यामेरा क्षमता, उन्नत सफ्टवेयर अनुभव, शक्तिशाली कार्यसम्पादन र प्रिमियम डिजाइनको संयोजनमार्फत नेपाली प्रयोगकर्तालाई सम्पूर्ण फ्ल्यागशिप स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्